बचतकर्ताको डिपोजिट फिर्ता गर्न नसकेपछि काठमाडौँको एक सहकारीले सदस्यलाई बोलाएर त्यसको साट्टो जग्गा दिन तयार भयो। तर सदस्यले राखेको ३० लाख डिपोजिटले चितवनमा अवस्थित जग्गा नआउने भन्दै सहकारीले ति सदस्यलाई थप ४० लाख तिर्न भन्यो।
डुब्नै लागेको ३० लाख डिपोजिटमा ४० लाख थप्दा चितवनमा जग्गा आउने भएपछि ति सदस्यले आफ्नी श्रीमतीलाई यो कुरा सुनाए। तर सहकारीको यो प्रस्तावमा शंका गर्दै ती महिलाले आफु निकटका एक जग्गा कारोबारीलाई यो घटना सुनाइन्। ति महिलाले चितवनमा प्रस्ताव गरिएको उक्त जग्गा जति महँगो गर्दा पनि २७ लाख भन्दा बढी नपर्ने कुरा जग्गा कारोबारी मार्फत पत्ता लगाईन्।


