सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी


  • Himalayan Bank Limited (HBL)
सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी

काठमाडौं/पूर्वी नवलपरासी — सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । 

अदालतबाट पक्राउ अनुमति पाइसकेपछि पनि कार्यान्वयन गर्नुको सट्टा प्रहरी भने प्रदेश र प्रधान कार्यालयमा पत्राचार गर्दै अलमल गरिरहेको छ । नजिर गृहमन्त्री रवि लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरी अलमलमा परेको हो ।

Read More