काठमाडौं । काठमाडौं महानगरले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको हो ।
महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको छ । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर २०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख अवस्था छ।



