काठमाडौँ, वैशाख १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टाइन प्रक्रिया सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।
जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबिच मङ्गलबार भएको भेटमा उद्योगमन्त्री भण्डारीले सो आग्रह गर्नुभएको हो ।
नेपाली उत्पादनको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक बिन्दुलाई व्यवस्थित गर्ने, चीनको भन्सार र क्वारेन्टाइन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्तालाई चीन सरकारबाट सहजीकरण गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो ।



