खराब कर्जामा जेलिँदै सरकारी स्वामित्वका ३ बैंक, कसको अवस्था कस्तो छ?


  • Himalayan Bank Limited (HBL)
खराब कर्जामा जेलिँदै सरकारी स्वामित्वका ३ बैंक, कसको अवस्था कस्तो छ?

चालु आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंकहरुमा पनि खराब कर्जा बढेर जाँदा बैंकहरु प्रतिफल दिन नसक्ने अवस्थामा पुगेका छन्। हाल सरकारको स्वमित्व ३ बैंकमध्ये २ बैंक नेप्सेमा सूचीकृत छन्। समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर सरकारी स्वामित्वका बैंकहरुमा पनि देखिएको छ।

३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक अधिकाँश सूचकमा अन्य बैंकभन्दा अब्बल देखिएको छ। भने नेपाल बैंक केहि कमजोर देखिएको छ।

  • पूँजी सबैभन्दा बढी भएको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप र कर्जा पनि उच्च

सरकारी स्वामित्वका बैंकहरुमा राष्ट्रिय वाणिज्य बेंकको चुक्ता पूँजी सबैभन्दा धेरै १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको १४ अर्ब ६९ करोड र कृषि विकास बैंकको १३ अर्ब ४५ करोड रुपैयाँ छ।

निक्षेपको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सबैभन्दा धेरै ३ खर्ब ६८ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको २ खर्ब ६१ अर्ब र कृषि विकास बैंकको २ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ।

यस्तै कर्जामा पनि राष्ट्रिय वाणिज्य बैंककै सबैभन्दा धेरै २ खर्ब ४६ अर्ब छ भने कृषि विकास बैंकको १ खर्ब ९६ अर्ब र नेपाल बैंकको १ खर्ब ८५ अर्ब रुपैयमाँ रहेको छ।

Read More