नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ डलर


  • Himalayan Bank Limited (HBL)
नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ डलर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०–०८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार नेपालको आर्थिक वृद्धिसम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र ५७ खर्ब ४ अर्ब नाघेको जनाएको छ । गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको थियो ।

नेपालीको आयस्रोतमा पनि वृद्धि हुँदै वार्षिक आम्दानी १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा १ हजार ४ सय ५ डलर रहेकामा चालू आवमा ५१ डलर बढ्ने प्रक्षेपण गरिएको हो । ...

Read More