आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिन राष्ट्रिय सभा सदस्यहरूको जोड


  • Himalayan Bank Limited (HBL)
आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिन राष्ट्रिय सभा सदस्यहरूको जोड

काठमाडौं । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको पूर्व(बजेट छलफलसम्बन्धी प्रतिवेदन २०८१ मा सहभागी सांसदहरूले विदेश पलायन रोक्नुपर्ने, बजेट फछ्र्योटमा छलफल हुनुपर्ने, रैथाने बीउ तथा बिजनको संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गराएका हुन। 

समितिकी सभापति कमला पन्तले धेरै मन्त्रालयले बजेट नै खर्च गर्न नसकेको बताइन् । उनले भनिन्, 'धेरै मन्त्रालयहरूले बजेट खर्च गर्न सकेका छैनन् । तलब भत्ता र निर्माणमा मात्रै जोड दिएका छन् । जलवायु परिवर्तनदेखि सामाजिक सुरक्षा सम्मका बजेटको कुरा छ, सुशासनप्रति संवेदनशील नभएको भन्ने पनि आएको छ ।' 

Read More