काठमाडौं– चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा एक प्रतिशत बिन्दु भन्दा बढी हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशतले हुने अनुमान गरिएको हो । कार्यालयले यो वर्षको ६–९ महिनाको वास्तविक तथ्यांक र बाँकी ९–१२ महिनाको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो ।



