काठमाडौं । आर्थिक वर्षको २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने यस्तो जनाएको हो ।
तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो । यस्तो आकार आर्थिक वर्ष २०७७/७८ मा ४३ खर्ब ५२ अर्ब रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकार ४७ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको छ ।



