काठमाडौं : बुधबार सेयर बजार बन्द हुने भएको छ । बुधबार (वैशाख १९ गते) अन्तर्राष्ट्रि श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बिहीबार बिहान ११ बजेमात्र खुल्नेछन् । बैंक–वित्तीय संस्था पनि बिहीबार नै नियमितरुपमा खुला हुनेछन् ।


