नयाँ स्टक आवश्यक रहे नरहेको सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तीन विकल्प सुझाएर प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ।
समितिले नयाँ स्टकको लागि अनुमति दिन सकिने, हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्नुपर्ने र यी दुवै काम सँगसँगै गर्न सकिने सुझाव दिएको अध्ययन समितिका एक सदस्यले बताए।
हाल सेयर बजारमा लगानीको विविधिकरण गर्न सकिने अवस्था नरहेकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ। तर, नयाँ स्टक एक्सचेन्ज ल्याउन कारोबारका विविध उपकरण पनि ल्याउनुपर्ने सुझाव दिइएको छ।


