काठमाडौं । तातोपानी नाका पूर्णरुपमा दुईतर्फी सञ्चानमा आएको एक वर्ष पुगेको छ । अघिल्लो वर्ष वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आएको थियो । त्यसको चार महिनापछि भदौ १५ गतेदेखि तातोपानी नाकाबाट आवतजावत पनि सुरु भएको थियो ।
२०७२ को भूकम्पपछि आवतजावत ठप्पै रहेको तातोपानी नाका २०७६ अन्तिममा विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको थियो । नाका खुलेपछि एकतर्फी रुपमा चीनबाट सामान आपूर्ति भए पनि निर्यात हुन नसकेकोमा गत वर्षदेखि दोहोरो व्यापार सुरु भएको थियो । जसको प्रत्यक्ष प्रभाव दुईदेशीय व्यापारमा देखिएको छ ।



