काठमाडौँ — सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बिक्रीमार्फत पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । यसका लागि कार्यालयले यसअघि नै सूचना जारी गरेको छ ।
सोही सूचनाका आधारमा आज मंगलबार दिउँसो तीन बजेसम्म बोलकबोल हुनेछ । आज प्राप्त बोलकबोलका आधारमा कार्यालयले यही बैंशाख २० मा ऋणपत्र निष्कासन गर्ने छ ।


