कैलाली- आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।
आयकरबाट रु एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट रु ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख, ब्याजबापत रु तीन करोड ७० लाख, बहाल करबाट रु ९१ लाख र स्वास्थ्य सेवा करबाट रु एक लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।



