पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी


  • Himalayan Bank Limited (HBL)
पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया तत्काल अगाडी नबढाउन आदेश दिएको छ । सोमबार अदालतले बोर्डको सीइओ सिफारिस प्रक्रिया अघि नबढाउन आदेश जारी गरेको हो । 

यसअघी वैशाख १० गते न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश हिजो १७ गते सोमबार दिएको हो । सीइओ छनौट प्रक्रिया गैर कानुनी भएको भन्दै बोर्डका करिब एक दर्जन कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षी बनाइएको थियो । 

Read More