अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पहिलो चरणमा पाँच संस्था छानिएका छन्।
नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखा परीक्षक प्रारम्भिक छनोटमा परेका हुन्। नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सिएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स छनोटमा परेका छन्।
भारतको केपिएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड कम्पनी पनि छनोटमा परेका छन्।



