बागलुङ — बचतकर्ताको २९ करोड रुपैयाँ हिनामिना गरेर अध्यक्ष फरार रहेको पर्वतको कुश्मास्थित 'तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था'का पीडितले विशेष साधारणसभामार्फत सहकारी पुनःस्थापना गरेर नयाँ ढंगले कारोबार सुरु गरेका छन् ।
गत चैत ६ को विशेष साधारणसभापछि सोमबारबाट नयाँ सञ्चालक समितिले कार्यालय स्थापना गरेर कारोबारसमेत थालेको हो । संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ रकम हिनामिना गरेर फारर छन् । रकम हिनामिनापछि अलपत्र परेका बचतकर्ताले ऋण उठाउने, हालसम्मका सम्पत्ति र दायित्व वहन गर्नेलगायतको काम थालेको सहकारीका सञ्चालक कृष्णप्रसाद पौडेलले बताए ।


