सिन्धुपाल्चोक । भोटेकोशी–१,जलविद्युत आयोजनाका कारण पाँच सय घरधुरी जोखिममा परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा निमार्णाधीन ४० मेगावाटको इलेक्ट्रोपावर कम्पनी लिमिटेड, भोटेकोशी–१ जलविद्युत आयोजनाले वस्ती नै जोखिममा पारेको हो । सुरुङको निर्माणका लागि थालिएका कामले वरपरको जमिनमा धाँजा फाट्ने मात्रै होइन घर नै चर्किन थालेपछि स्थानीयको ज्यानै जोखिमा परेको छ ।



