८ वटा कानुन संशोधन गरेर लगानीको वातावरण छ भन्ने बाहेक अरु खास उपलब्धि बिना नै लगानी सम्मेलन सकिएको छ। लगानी सम्मेलन सुरु भएको दिन कानुनुहरु संशोधित कानुनहरुमा राष्ट्रपतिबाट ‘लालमोहर’ लागे पनि उपलब्धिका आधारमा लगानी सम्मेलन अपेक्षित उपलब्धिमूलक हुन सकेन ।
यतिसम्म कि, २०७५ सालको लगानी सम्मेलनमा गैरआवासीय नेपालीले मात्रै १० अर्बको लगानी सम्झौता गरेका थिए । तर, यस पटक पुरै सम्मेलन अवधिमा जम्मा ९ अर्ब १३ करोडको लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार ४ वटा उद्योगका लागि ९ अर्ब १३ करोडको लगानी स्वीकृत भएको छ ।


