निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अनुदान वापतको केहि रकम पाउने प्रक्रिया अघि बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा अनुदान वापत कम्पनीहरुलाई भुक्तानी दिनुपर्ने रकममध्ये केहि रकम भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले अन्य शिर्षकको बजेटलाई रकमान्तर गरेर कृषि बीमाको रकम भुक्तानी गर्न लागेको हो । हाललाई ९७ करोड ९८ लाख रुपैयाँ रकमान्तर गरेर कम्पनीहरुलाई भुक्तानी दिन लागेको मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सवनम् शिवाकोटी अर्यालले बिजपाटीलाई जानकारी दिईन् । उनले भनिन्, 'अन्य विर्शषकमा रकेको बजेटलाई रकमान्तर गरेर अहिले ९७ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्ने प्रक्रियामा छौ।’


