लगानी सम्मेलनको आज दोस्रो दिन, विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको आज दोस्रो दिन, विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन

लगानी सम्मेलनको आज दोस्रो दिन हाे। आइतबारदेखि जारी सम्मेलनमा विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन्। बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

हाल ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।

यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी, निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुनेछ । यसैगरी, अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् ।

 

Read More