काठमाडौं । कृषि बीमाको हकमा करिब २ अर्ब १७ करोड रुपैयाँ बराबरको अनुदानको रकम बीमा कम्पनीहरुले पाउँन बाकी रहेको अवस्था छ । बीमा कम्पनीहरुले कृषि मन्त्रालयको सहकार्यमा आम नागरिकहरुको बीमा गरे पनि नागरिकहरुले दाबी भुक्तानी पाउँने बेलामा उक्त रकम अलपत्र अवस्थामा रहेको हो ।
निर्जीवन बीमा कम्पनीहरुले आफ्नो नगद प्रवाह हुन नसेको भन्दै केही दिन अघि विज्ञप्ती समेत जारी गरेका थिए । हाल बीमा कम्पनीहरुले विज्ञप्ती निकालेर दाबी भुक्तानी दिन्नौ भन्ने विषयमा बीमा कम्पनीहरु त्यति धेरै सन्तुष्ट रहेको देखिदैन । बीमा प्राधिकरणले कुनै पनि बीमकहरुले दाबी भुक्तानी तिर्दिन भन्न नपाउँने बताएको हो ।



