१७ वैशाख, काठमाडौं । गत ७ वैशाखमा विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका मधुकुमार मरासिनीलाई १० वैशाखको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गर्यो । नेसनल पेमेन्ट गेट–वे खरिदमा भएको भ्रष्टाचारको मुद्दामा सफाइ पाएलगत्तै अर्थ मन्त्रालयमा मरासिनीको ‘रि-इन्ट्री’ धेरैका लागि चक्माजस्तै भयो ।
मरासिनी यति छिट्टै शक्तिशाली मानिने अर्थ सचिव पदमा फर्केलान् भन्ने अनुमान धेरैले लगाएकै थिएनन् । तर, सधैं शक्तिकै वरपर रहने कर्मचारीका रुपमा चिनिएका मरासिनीले यसपटक आफूजस्तै शक्ति केन्द्रको प्रिय बन्नसक्ने सचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री कार्यालय धकेलिदिए र आफ्नो पुरानो ‘विरासत’ कायम राखे ।



