१६ वैशाख, काठमाडौं । बितेको १५ वर्षमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुगेका छन् ।
सन् २००७ मा कोरिया र नेपाल सरकारबीच नेपाली श्रमिक कोरिया लैजाने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली श्रमिकहरु ईपीएस प्रणाली अनुसार रोजगारीका लागि कोरिया जान थालेका थिए ।



