किशानले असार महिनामा धान रोपेर केही राम्रो समय दुख गर्दा मङ्सिर महिनामा उसको मन निकै खुशी हुन्छ किनकी महिनौको दुख प्रतिफलमा परिणत हुन्छ । सामान्यत: कम्पनीहरुले वर्ष भरी कमाएको नाफा आफ्ना शेयरधनीहरुलाई एक पटक दिने गर्छन । लाभांस दिने क्षमता भएका कम्पनीहरुले आर्थिक वर्ष समाप्त भए पश्चात् वार्षिक साधारण सभा गर्दै शेयरधनीहरुलाई लाभांस दिने क्रम सुरु गर्छन । आर्थिक वर्ष सम्पन भए पश्चात असोज महिना तिरबाट कम्पनीहरुले वार्षिक साधारण सभा गर्न सुरु गर्ने प्रचलन रहँदै आएको छ ।
श्रावण महिना लागेपछि बजारमा चहलपहल वृद्धि हुने गर्छ । वर्ष भरीको लाभांश आउने समय भएकाले लगानीकर्ताले यो समयमा बढो चासो राखेका हुन्छन ।








