काठमाडौँ — स्वर्णलक्ष्मी बहुउद्देयीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले बताए ।
‘पहिलो चरणमा ५ सय २८ जना पीडितले करिब १ अर्ब रकम फिर्ताको माग गर्दै उजुरी दिएका छौँ,’ खनालले भने, ‘अरु पीडितहरुलाई पनि खबर गरेका छौं । उहाँहरु आएपछि पनि उजुरी दिनेछौं ।’


