विकसित मुलुकहरुमा हरेक भुक्तानीमा कार्डको प्रयोग उच्च हुन्छ। रेष्टुरेन्टको बिल तिर्न होस या सामान खरिदमा होस धेरैजसो भुक्तानी कार्डबाटै हुने गरेको छ।
नेपालमा पनि क्रेडिट र डेविट कार्डको प्रचलन बढ्दै गएको छ। अहिले सामान्य रेष्टुरेन्ट तथा अन्य पसलहरुले समेत कार्डमार्फत भुक्तानीको लागि मेशिन नै राखेका छन् त्यसले गर्दा पछिल्लाे समय काडैको प्रयोग बढेदै गएको छ।
पछिल्लाे समय भुक्तानीमा क्रेडिट कार्यको प्रयोग बढ्दै गएको बैंकहरुले दिने सापटीले पनि प्रष्ट पार्छ। फागुन मशान्तसम्ममा बैंकहरुले क्रेडिट कार्डमा ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा दिएका छन्। चालु आर्थिक वर्षमा नै यस्तो कर्जा १४ प्रतिशतभन्दा धेरैले बढेको हो। गत असार मशान्तसम्म्ममा यस्तो कर्जा ४ अर्ब ६३ करोड थियो। चालु आर्थिक वर्षमानै यस्तो कर्जा करिब ७० करोड रुपैयाँले बढेको छ।
विद्युतीय भुक्तानी बढेसँगै बैंकहरुको क्रेडिट कार्डमा लगानी पनि बढ्दै गएको छ। आफुसँग पैसा नहुँदा समेत खर्च गर्न नरोकिने भएको कारण पनि यसको प्रचलन बढ्दै गएकाे हो।



