विश्व बजारमा नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर


  • Himalayan Bank Limited (HBL)
विश्व बजारमा नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आइतबारदेखि सुरु इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् । 

‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्यांक छ, श्रम लागत पनि निकै सस्तो छ’ अध्यक्ष अग्रवालले भने, ‘यहाँ लगानी मार्फत उत्पादन भएका वस्तुहरुलाई विश्वका झन्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ ।’

Read More