वित्तीय समानीकरण अनुदान कटौतीपछि पालिकाहरू असन्तुष्ट, निकासा गर्न माग


  • Himalayan Bank Limited (HBL)
वित्तीय समानीकरण अनुदान कटौतीपछि पालिकाहरू असन्तुष्ट, निकासा गर्न माग

१६ वैशाख, काठमाडौं । संघ सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेपछि पालिकाहरुले असन्तुष्टि जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयूक्त प्रेस विज्ञप्ति जारी गर्दै समानीकरण अनुदान कटौती नगर्न आग्रह गरेका छन् ।

‘अर्थ मन्त्रालयले चौथो किस्तामा समेत रकम कटाएर पठाउन गरेको पत्राचारले हामीलाई प्राप्त आश्वासनको विश्वसनीयतामा शंका गर्नुपर्ने अवस्था आएको छ’ दुवै संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More