आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।
‘अर्थमन्त्रालयबाट लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसि पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको र हाल देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका लागि स्थगित गरिएको जानकारी गराउँदछौ,’ उनले भने।



