काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूको व्यवसायमा समेत अर्थतन्त्रमा आएको शिथिलताको असर देखिएको छ । जीवन बीमातर्फ ५ प्रतिशत बढीले व्यवसाय बढ्दा निर्जीवन बीमा व्यवसाय भने १ प्रतिशतले पनि बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब रुपैयाँको व्यापार गर्दा निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले ९ महिनामा १ खर्ब १० अर्ब बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही समयमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ संकलन गरेकोमा चालु आवमा भने ५.१८ प्रतिशतले बढेको हो ।



