गृहमन्त्री जोडिएका सहकारीका पीडित न्यायको आवाज उठाउँदै


  • Himalayan Bank Limited (HBL)
गृहमन्त्री जोडिएका सहकारीका पीडित न्यायको आवाज उठाउँदै

बुटवल : बुटवलको सुप्रिम सहकारीले १ हजार ८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रकम हिनामिना गराएर बिचल्ली बनाएको छ। नहोस् पनि किन, सेयर सदस्य नै नभएका व्यक्तिले ऋण लिएका छन्। पैसा अपचलन गरेका छन्। त्यसरी अपलचन गर्नेमा अरू कोही नभई देशका गृहमन्त्री रवि लामिछाने पनि हुन्। लामिछाने र उनका व्यापारिक साझेदार जीबी राईले पटक–पटक उक्त सहकारीबाट पैसा झिकेका छन्। सहकारी डुबेको छ।

दुःखले जोहो गरेको पैसा सहकारीमा जम्मा गरेका बचतकर्ता आफ्नै पैसाका लागि सडक आन्दोलनमा छन्। कतिपय बचतकर्ता त मानसिक रूपमा पनि विक्षिप्त भइसकेका छन्। पीडितहरूले आफ्ना माग सम्बोधन गरिदिन गृहमन्त्री लामिछानेसँग पटक–पटक माग पनि गरेका छन्। तर, सुनुवाइ भएको छैन। केही पीडितले अन्नपूर्णसँग यसरी दुःखेसो पोखे।

Read More