लगानी सम्मेलनको पूर्व सन्ध्यामा शेयर लगानीकर्ताको विरोध प्रदर्शन, सम्मेलन स्थलमै प्रदर्शन गर्ने तयारी


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको पूर्व सन्ध्यामा शेयर लगानीकर्ताको विरोध प्रदर्शन, सम्मेलन स्थलमै प्रदर्शन गर्ने तयारी

सरकारले रातारात ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेपछि लगानीकर्ताहरु आन्दोलित भएका छन् । सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा देशको पुँजी बजार मापक नेप्से परिसूचक भने विगत साढे दुई वर्षदेखि १८ सयदेखि २२ सयकै हाराहारीमा रुमल्लिरहेको छ ।

स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै विभिन्न लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर विरोध प्रदर्शन गरे । उनीहरूले लगानी सम्मेलनकाे समय भर बिराेध जारी राख्ने घाेषणा गरे ।

Read More