पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बुझाइएको छ।
शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सिआइबीको जिम्मा लगाइएको हो।
रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई जिल्ला अदालत रूपन्देहीले गत वैशाख ७ गते चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिए पनि उनी धरौटी रकम जम्मा नगरी जिल्ला कारागार रूपन्देहीमा रहेका थिए।



