ब्याजदर घटेपनि अर्थतन्त्र शिथिल नै छ : गभर्नर


  • Himalayan Bank Limited (HBL)
ब्याजदर घटेपनि अर्थतन्त्र शिथिल नै छ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र मिश्रित रहेको बताएका छन् । सरकारले यो वर्षलाई आर्थिक सुधारका दिशामा महत्त्वपूर्ण वर्ष रहेको दाबी गरिरहेका बेला गभर्नरको यस्तो भनाई आएको हो ।

नेपाल राष्ट्र बैंक स्थापनाको ६९ औँ वार्षिक उत्सव कार्यक्रममा मन्तब्य राख्दै अधिकारीले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेको स्वीकार गरे । यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रहेको उनले दाबी गरे।

Read More