बैंकको वित्तीय रिपोर्टले निराशा थप्यो, फाइनान्समा ४ प्रतिशत वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकको वित्तीय रिपोर्टले निराशा थप्यो, फाइनान्समा ४ प्रतिशत वृद्धि

१४ वैशाख, काठमाडौं । गत साता १९७२ अंकमा बन्द भएको सेयर बजार यो साता १९६५ अंकमा झर्‍यो । बजारको गिरावट जम्मा ७ अंकको रहे पनि लगानीकर्तामा निराशा कायमै देखिन्छ । आइतबार १२ अंक बढेको बजार सोमबार १५ अंक घट्यो । मंगलबार सार्वजनिक विदापछि बुधबार खुलेको बजार ०.१५ अंक मात्रै हरियो रह्यो, बिहीबार फेरि ४.१७ अंक घट्यो ।

बजार घटिरहँदा कारोबार रकममा पनि उत्साह छैन । आइतबार २ अर्ब २६ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ५ करोड, बुधबार २ अर्ब ५३ करोड र बिहीबार २ अर्ब ३६ करोडको कारोबार भयो । बजारको अंकसँगै कारोबार रकमका देखिएको सुस्तताले लगानीकर्ता यतिबेला सेयर खरिद गर्न उत्सुक नरहेको जनाउँछ ।

Read More