काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोलुखु्म्बु साविक जुभिङ्ग गाउँपालिका -५ को कित्ता नम्बर ५७९ र ५८१ को जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल,नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला,खुम्बु पासाङल्हामु गाउँपालिका १ बस्ने बुद्धमाया थापा मगर र निजको नाती रामकृष्ण थापा मगरविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।



