राष्ट्र बैंकको गत फागुनसम्मको तथ्यांक अनुसार सो अवधिसम्म यस आर्थिक वर्षको औसत मूल्य वृद्धिदर ६.०८ प्रतिशत छ। तर, केही बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मूल्य वृद्धिदरभन्दा कम दिन थालेपछि निक्षेप निरूत्साहन हुन थालेको छ।
गत आर्थिक वर्ष २०७९/८० को अन्त्यमा वाणिज्य बैंकहरूमा ५० खर्ब ८६ अर्ब रूपैयाँ निक्षेप थियो। यही वैशाख ७ गते निक्षेप तीन खर्ब ४२ अर्बले बढेर ५४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ। तर, पछिल्लो महिनाहरूमा भने निक्षेप घट्न थालेको छ।
फागुनमा वाणिज्य बैंकहरूमा कुल निक्षेप ५४ खर्ब ७० अर्ब रूपैयाँ रहेकोमा चैतमा ५४ खर्ब ४२ अर्ब रूपैयाँमा सीमित भएको थियो।



