सरकारको तर्फबाट पूँजी बजारको विकासको लागि आज दिनभरमा कुनै सम्बोधन नभएमा आन्दोलनको घोषणा गर्ने तयारिमा लगानीकर्ताहरु लागेका छन् ।
शुक्रबार पूँजी बजारका लगानीकर्ता र अर्थमन्त्रालयका प्रतिनिधिहरु बिचमा दोस्रो चरणको छलफल हुँदैछ । उक्त छलफलले बजारको हित हुने सम्बन्धमा गरिएको माग सम्बोधन नभए आन्दोलनको मोडालिटी बनाएर अगाडि बढ्ने लगानीकर्ता उपेन्द्र पाठकले बताए ।
बिहीबार लगानीकर्ता र अर्थमन्त्रालयका प्रतिनिधि बिचमा पहिलो चरणको छलफल भएको थियो । उक्त छलफलमा पूँजी बजारको विकास र विस्तारको लागि सरकार गम्भिर रहेको र लगानी सम्मेलन पछि छलफल गरी आवश्यक निर्णय लिने प्रस्ताव गरेको थियो । तर बजार सुधारको लागि लगानी सम्मेलन पूर्व नै प्रतिवद्धता जनाउनु पर्ने अडानमा रहेको लगानीकर्ता उपेन्द्र पाठकले बताए ।





