काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मिति मा समाप्त भएको आव २०७१-०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०-०८१ को लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।



