काठमाडौं । विहीबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले एक नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ । दार्चुलाका गणेश दत्त पौडेलसहित ७ जना पक्राउ परेको प्रहरीको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आज अपराध अनुसन्धान कार्यालयाले पक्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।
काठमाडौंको न्युरोडमा विशेष सूचनाका आधारमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले छापामार्दा न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो ।



