१४ वैशाख, काठमाडौं । टर्कीको केन्द्रीय बैंक (सीबीआरटी)ले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको छ । बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।
देशको मुद्रास्फितिसँग जुध्न यो आवश्यक रहेको मोनिटरी पोलिसी कमिटीले निष्कर्ष निकालेको सीएनबीसीले उल्लेख गरेको छ । ५० प्रतिशत नै सन्दर्भ ब्याजदर लागू गर्दै कमिटीले आगामी महिनामा हुने मूल्यवृद्धिले ब्याजदर तय हुँदै जाने स्पष्ट पारेको छ ।



