विद्यमान कानुनबाट सहकारी समस्या समाधान नहुने मन्त्रिपरिषद्को निष्कर्ष, फास्ट ट्र्याकबाट नयाँ कानुन ल्याउने तयारी


  • Himalayan Bank Limited (HBL)
विद्यमान कानुनबाट सहकारी समस्या समाधान नहुने मन्त्रिपरिषद्को निष्कर्ष, फास्ट ट्र्याकबाट नयाँ कानुन ल्याउने तयारी

काठमाडौं : मन्त्रिपरिषद् बैठकले विद्यमान कानुनबाट सहकारी समस्या समाधान नहुने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यमान कानुन र संरचनाले सहकारी समस्या समाधान नगर्ने निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

सहकारी समस्याका विषयमा बैठकमा गम्भीर छलफल भएको उनले बताइन्। सहकारी पीडितको समस्या समाधान गर्न फास्ट ट्र्याकबाट कानुन र संरचना बनाउनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ। यद्यपि यस विषयमा औपचारिक कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेकी उनले बताइन्।

 

Read More