९ महिनामा लघु जीवन बीमा कम्पनीले संकलन गरे पौने ८ करोड बीमाशुल्क, कुनको कति ?


  • Himalayan Bank Limited (HBL)
९ महिनामा लघु जीवन बीमा कम्पनीले संकलन गरे पौने ८ करोड बीमाशुल्क, कुनको कति ?

चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले  ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको ३ लघु जीवन बीमकले चैत मसान्तसम्म ७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये सबैभन्दा बीमाशुल्क संकलन क्रेष्ट माईक्रो लाईफले गरेको छ । क्रेष्टले ४ करोड ८१ लाख रुपैयाँ संकलन गर्दा गार्डियन माईक्रो लाईफले २ करोड ४ लाख र लिवर्टी माईक्रो लाईफले १ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । चैत मसान्तसम्म जीवन लघुबीमा तर्फ ३४ हजार १४ वटा बीमालेख सक्रिय रहेको छ । 

Read More