खराब वित्तीय विवरण प्रकाशित गर्ने फाइनान्सकै मूल्यमा सर्किट, न फण्डामेण्टल एनलाइसिस्ले काम गर्याे न टेक्निकल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खराब वित्तीय विवरण प्रकाशित गर्ने फाइनान्सकै मूल्यमा सर्किट, न फण्डामेण्टल एनलाइसिस्ले काम गर्याे न टेक्निकल

सुवास निरौला

भनिन्छ शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले शेयरमा लगानी गर्नु पूर्व दुई कुराको ज्ञान आर्जन गर्नु अति आवश्यक हुन्छ। सबैभन्दा पहिले फन्डामेन्टल एनालाइसिस र दोस्रो टेक्निकल एनालाइसिस।

फन्डामेन्टल भनेको कम्पनीको अवस्था,कम्पनीको नाफा/घाटा,कम्पनीका त्रैमासिक वित्तीय विवरण, त्रैमासिक वित्तीय विवरण भित्र हुने सबै कुरा जस्तै कम्पनीको नेटवर्थ,इपिएस, पिइ,आरओइ,खुद नाफा,वितरण योग्य मुनाफा अनि घाटा लागतका थुप्रै कुरा हेर्नु पर्छ।

हुन त फन्डामेन्टलमा थुप्रै कुरा पर्छन्। तर सबैभन्दा धेरैचाहिँ नाफा/घाटा नै हेर्नु पर्छ। जति धेरै नाफा गरेको छ। त्यही कम्पनी फन्डामेन्टल्ली स्ट्रङ मानिन्छ। फन्डामेन्टल पढाउने प्रशिक्षकले समेत सोही कुरा नयाँ लगानीकर्तालाई सिकाउँछन्।

तर नेपालको बजारमा भने न त फन्डामेन्टल एनाइसिसले नै यति बेला काम गरिरहेको छ नत टेक्निकल ले नै।

भर्खरै मात्रै दोस्रो बजारमा सूचिकृत कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरे। जसमा वित्त कम्पनीहरूको पनि त्रैमासिक वित्तीय विवरणहरू सार्वजनिक भइसकेको छ।

तेस्रो त्रैमासको विवरणमा सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सको छ। गएको ९ महिनामा पोखरा फाइनान्स १७ करोड २३ लाख रुपैयाँ घाटामा छ। गत वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५७ लाख रुपैयाँ नाफामा थियो। भर्खरै मात्रै यस्तो खराव वित्तीय विवरण सार्वजनिक भएको कम्पनीको शेयर मूल्यमा धक्का लाग्नु पर्ने हो। तर खराब वित्तीय विवरणमा सकारात्मक प्रभाव पर्नु भनेको ठ्याक्कै उल्टो हो। जुन स्वस्थ बजारको प्रतीक मान्नै नसकिने बजारका जानकारहरू बताउँछन्।

Read More