काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ५९ करोड रुपैयाँको लसुनप्याज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको आयात निर्यातको विवरण अनुसार सो रकम बराबरको लसुन प्याज नेपाल आयात भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को साउन देखि चैतसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको ४ करोड ६७ लाख किलो प्याज नेपाल भित्रिएको छ । सो अवधिमा प्याज निर्यातबाट सरकारले ४८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।



