काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया तत्काल अगाडी नबढाउन आदेह दिएको छ । बुधबार अदालतले बोर्डको सीइओ सिफारिस प्रक्रिया तत्काल अघि नबढाउन आदेश जारी गरेको हो ।
न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले यस्तो आदेश दिएको हो । सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका करिब एक दर्जन कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षी बनाइएको थियो ।



