टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सिनेटबाट पनि पारित


  • Himalayan Bank Limited (HBL)
टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सिनेटबाट पनि पारित

काठमाडौं : अमेरिकामा टिकटक प्रतिबन्ध हुने सम्भावना थप बढेको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले पनि मंगलबार टिकटकको चिनियाँ मालिक ‘बाइटडान्स’ ले एप बिक्री नगरे अमेरिकामा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । यसअघि गत मार्च महिनामा अमेरिकाको तल्लो सदन ‘कङ्ग्रेस’ ले विधेयक पारित गरी सिनेटमा पठाएको थियो । मंगलबार सिनेटमा ७९ जना सांसदहरुले पक्षमा र १८ जनाले मात्र विपक्षमा मतदान गरेपछि उक्त विधेयक पारित भएको हो ।

सिनेटबाट पनि विधेयक पारित भएपछि चिनियाँ कम्पनी ‘बाइटडान्स’ ले टिकटक बिक्री गर्नुपर्ने वा बिक्री नगरे अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने सम्भावना थप बलियो बनेको हो । सिनेटबाट पारित भएको विधेयकले कानुनको मान्यता पाउँछ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त कानुन लागू हुनेछ । बाइटडान्सले २७० दिनभित्र टिकटक बिक्री नगरे अमेरिकी एप स्टोरहरुलाई टिकटक एप राख्न प्रतिबन्ध लगाइने फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

Read More