खानी तथा भूगर्भ विभागले लगानी सम्मेलनलाई केन्द्रित गरेर केही आकर्षण खानी परियोजनाको लागि लाइसेन्स खुलाउन थालेको छ।
विभागले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गरेर वैशाख १४ गते नै यी परियोजनाको लाइसेन्सको लागि सूचना निकाल्ने तयारी गरेको हो।
विभागले सुन, फलाम, पेट्रोलदेखि, चुनढुंगा लगायत १२ वटा खानीको लागि लाइसेन्स खुलाउन लागेको छ। यी खानीहरू लगानी सम्मेलनमा सोकेस गरिने र लाइसेन्स लिनको लागि आह्वान गरिने खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।



