१२ वैशाख, काठमाडौं । हालै इन्साइडर ट्रेडिङमा रिडी पावरका पूर्व अध्यक्ष गुरु न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गर्दै १ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना सजाय सुनायो । इन्साइडर ट्रेडिङ गरेर कारबाहीको फैसला भएको नेपालमै यो पहिलो हो ।
न्यौपाने अध्यक्ष भएका बेला रिडी पावर कम्पनीसँग भएको रैराङ हाइड्रोपावरको सेयर बिक्री गर्ने निर्णय भयो । सो निर्णय गर्नुभन्दा अघि नै न्यौपानेले रिडीको करिब ३० हजार कित्ता सेयर २०३ रुपैयाँदेखि २१२ रुपैयाँका दरले किनेर राखे, निर्णयपछि मूल्य बढाएर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचे ।





